ब्याटिङ नचल्दा भैरहवासँग हार्‍यो विराटनगर

कमजोर ब्याटिङ प्रदर्शन गरेको डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) अगन्र्तगत बुधबार भएको खेलमा भैरहवा ग्लाडियटर्ससँग ४ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा बुधबार बिहान भएको खेलमा पहिलो ब्याटिङ गरेको विराटनगर १८.४ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनायो । ९२ रनको सानो लक्ष्य पाएको भैरहवाले २ बलबाँकी छँदा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

यो जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीनै खलेमा जित निकाल्दै ६ अंक जोडेको छ । ३ खेलमा २ जित हात पारेको ललितपुर प्याट्रियट्स ४ अंकाका साथ दोस्रो स्थानमा छ भने विराटनगर पनि ४ अंक नै जोड्दै तेस्रो स्थानमा छ । यस्तै २ अंक जोडेको काठमाडौं किंग्स इलाभेल चौथो र अंकबिहीन चितवन टाइगर्स र पोखरा राइनोज क्रमशः पाचौं र छैठौं स्थानमा छन् । काठमाडौंले १ खेलमात्र खेलेको छ ।

पहिलो खेलमा पोखराविरुद्ध २ सय १६ रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै जित हात पारेको भैरहवाले विराटनगरविरुद्ध ९२ रनको सामान्य पछ्याउन पनि निकै संघर्ष ग¥यो । भैरहवाका लागि रायन टेन डुस्काटेल सर्वाधिक २० रन बनाए भने कप्तान शरद भेषवाकरले २० रनको योगदान दिए । यस्तै पहिलो खेलमा शतकीय इनिङ खेलेका रवि इन्दर सिंहले १२ र ओपनर प्रदीप ऐरीले १० बनाए । 

समान्य लक्ष्यलाई पनि अन्तिम ओभरसम्म पु¥याउने क्रममा विराटनगरका बलरले कसिलो बलिङ गरे । प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेका लेगस्पिनर पाउन भान मार्वीले भैरहवाविरुद्ध पनि सोही क्रममा निरन्तरता दिए । उनले ४ ओभर बलिङ गरेका मर्वीले १ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । यस्तै करण केसी, पाउल भान मेकेरन, वसन्त रग्मी र रोविन क्षेत्रीले १–१ विकेट लिए । 

पहिलो ब्याटिङ गरेको विराटनगरका लागि मर्वीले सर्वाधिक २५ रन बनाए । यस्तै करण केसीले १८, सुमित महर्जनले १५ र हरि चौहानले १३ रन बनाउनु बाहेक अन्य ब्याट्म्यान क्रिजमा टिक्न सकेनन् । कप्तान पारस खड्काले तेस्रो खेलमा दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा युएईका बलर महोम्मद नाभीदले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । यस्तै कृष्ण कार्की र अभिनाश बोहराले २–२ र डुस्काटे र भेषावकरले १–१ विकेट लिए ।

विराटनगरलाई ब्याटिङको चिन्ता

अघिल्लो सिजन उत्कृष्ट ब्याटिङ गर्दै उपाधि जितेको विराटनगर यसपटक भने ब्याटिङमा निकै कमजोर देखिएको छ । २२ मंसिरबाट सुरु भएको इपिएलमा ३ खेले खेलिसेको विराटनगरलाई एक सय रन बनाउनको निकै कठीन देखिएको छ । विराटनगरले ललितपुरविरुद्धको पहिलो खेलमा १ सय ५ रन बनाउनु बाहेह अन्य खेलमा सय रनको आपसपास पुग्न सकेको छैन ।

कप्तान पारस खड्कासहितको माथिल्लो क्रम चल्न नसक्दा विराटनगरको ब्याटिङक निकै कमजोर देखिएको छ । कप्तान पारसले ३ खेलमा केवल १० रन मात्र बनाएका छन् भने उसका ओपनरको हालत पनि उस्तै छ । अपोनर अनिल साहले १५ रन बनाएका छन् भने आसिफ शेखले ३८ रन बनाएका छन् ।

विराटनगरका लागि करण केसीले सर्वाधिक ५९ रन बनाएका छन् भने पाउल भान मर्वीले ३६, हरि चौहानले २९ र सुमित महर्जनले २७ रन मात्र बनाउन सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP