विजे वाटलिङले टेस्ट च्याम्पिनसिप फाइनलपछि सन्न्यास लिने

आईसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलपछि न्युजिल्यान्डका विकेटककिपर ब्याट्सम्यानले सन्न्यास लिने बताएका छन् । वाट्लिङले सन्न्यासको यो सही समय भएको भन्दै टेस्ट च्याम्पियनसिप फाइनलपछि हुने इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन्।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल १८ जुनमा इंग्ल्यान्ड साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा हुनेछ । उपाधिका न्युजिल्यान्डले भारतसँग खेल्ने छ।

३५ वर्षीय वाटलिङले न्युजिल्यान्डका लागि सन् २००९ मा डेब्यु गरेका थिए । त्यसयता उनले न्युजिल्यानडका लागि कुल १०६ खेल खेलेका छन् ।

पछिल्लो समय उनी टेस्ट क्रिकेट मात्र खेलिरहेका छन्। उनले ७३ टेस्टमा ३७७३, २८ एकदिवसीयमा ५७३ र ५ टि–२०मा ३८ रन बनाएका छन्।

Facebook Comments Box