विराट र इशान किशान चल्दा भारतले जित्यो दोस्रो टि–२०

कप्तान विराट कोहली र इशान किशानले सानदार व्याटिङ प्रदर्शन गरेपछि घरेलु टोली भारतले टि–२० सिरिजको दोस्रो खेलमा विजयी भएको छ। विराट र इशान किशानको उत्कृष्ट ब्याटिङ मद्दतमा भारतले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित निकाल्यो।

यो जितसँगै भारतले टि–२० लाई १–१ को बराबरीमा ल्याएका छ। पहिलो टि–२० भारतमा ८ विकेटले पराजित भएको थियो।

इंग्ल्याण्डले दिएको १६७ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ विकेट गुमाएर १३ बल बाँकी छँदै पुरा गर्‍यो। भारतको सहज जितमा युवा ब्याट्सम्यान ईशान किशन र कप्तान विराट कोहलीको उत्कृष्ट ब्याटिङ गरे।

भारतका लागिकप्तान विराट कोहली ४९ बलमा ५ चौका र ३ छक्का सहित ७३ रनमा अविजित रहे । यस्तै डेब्यू खेलमा युवा ब्याट्सम्यान ईशान किशन ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रनको उत्कृष्ट अर्धसतकीय इनिङ खेले ।

यसअघि पहिलो ओभरमै लोकेश राहुललाई शून्यमा गुमाएको भारतका लागि कोहली र किशनले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारेका थिए। १३ बल खेलेका ऋषभ पन्तले २ चौका र २ छक्का सहित २६ रन बनाएर आउट भए। इंग्ल्यान्डका साम करण, आदिल राशिद र क्रिस जोर्डनले समान १–१ विकेट लिए ।

यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो‍। उसका लागि ओपनर जेसन रोयले सर्वाधिक ४६ रन बनाए। ३५ बल खेलेका उनले २ छक्का र ४ चौका प्रहार गरेका थिए।

यस्तै कप्तान इयन मोर्गनले २८ रन बनाउँदा बेन स्ट्रोक र मलानले समान २४(२४ रन बनाए। जोनी बेयरस्टोले २० रन बनाएका थिए। भारतका लागि वासिङ्टन सुन्दर र सार्दूल ठाकुरले समान २ विकेट लिँदा युजवेन्द्र चहल र भुवनेश्वर कुमारले १–१ विकेट हात पारे।

टि–२० सिरिजको तेस्रो खेल मंगलबार हुनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.