नइम र सरकार चम्किँदा टि–२० सिरिजमा बंगलादेश विजयी

मोहम्मद नइम र सौम्य सरकारले उत्कृष्ट प्रदर्शन गरेपछि जिम्बाबेविरुद्धको टि–२० सिरिजमा बंगलादेश विजयी भएको छ। बिहीबारमा हरारेमा भएको खेलमा बंगलादेशले जिम्बाबेलाई ८ विकेटले हरायो।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८.५ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो। बंगलादेशका ओपनर मोहम्मद नईम ६३ रनमा अविजित रहे। उनले ५१ बलमा ६ चौका प्रहार गरेका थिए। यता, सौम्य सरकार ४५ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा रन आउट भए। कप्तान महमुदूल्लाह रियादले १५ रन बनाए।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे १९ ओभरमा १ सय ५२ रनमा अल आउट भएको थियो।

जिम्बावेका विकेटकिपर रेजिस चकब्भाले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २२ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, डियोन मायर्सले ३५, वेस्ले मेधभरेले २३, ल्यूक जोंग १८ रनको योगदान दिए।

बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए। मोहम्मद सैफुद्दिन र शोरिफुल ईस्लामले २–२ विकेट लिए। सकिब अल हसन र सौम्य सरकारले समान एक विकेट लिए।

Facebook Comments Box