दिल्लीलाई हराउँदै चेन्नई फाइलनमा, उपाधिका लागि मुम्बईसँग खेल्ने

दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स १२औं संकरणाको आइपिएलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार विशाखापटनममा भएको खेलमा दिल्लीले दिएको १४७ रनको लक्ष्य १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै चेन्नईले उपाधिका लागि मुम्बईसँगको भेट पक्का गरेको हो ।

यो चेन्नईको ८औं फाइनल यात्रा हो । तीन पटक च्याम्पियन बनेको चेन्नई एक संस्करणबाहेक सबै संकस्करणको फाइनल प्रवेश गरेको छ ।

चेन्नई र मुम्बईबीचको फाइलन राविज गान्धी इन्टरनेशनल स्टेडियममा आइतबार हुने छ । मुम्बईले पनि ३ आइपिएल उपाधि जितेको छ । तीनमध्ये २ फाइलनमा मुम्बईले चेन्नईलाई नै हराउएको थियो । जारी सिजन पनि मुम्बईले चेन्नईलाई ३ खेलमा पराजित गरिसकेको छ ।

टस जितेर चेन्नईले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिल्लीले खराब ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रन बनायो । उसका लागि ऋषव पन्तले सर्वाधिक ३८ रन बनाए भने कोलिन मुन्रोले २७ र शिखर धवनले १८ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा दिपक चहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वायन ब्राभोले समान २ विकेट लिए ।

१४८ रनको लक्ष्य पछ्याएको चेन्नईले दुवै ओपनर शेन वाट्सन र फाफ डु प्लेसिसको अर्धशतकको मद्दतमा १९ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । वाट्सन र डु प्लेसिसले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए ।

प्लेयर अफ दी म्याच डु प्लेसिसले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए भने वाट्सनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै, अम्बाति रायाडूले २० र सुरेश रैनाले ११ रन बनाए । दिल्लीका लागि ट्रेन्ट बोल्ट, इशान्त शर्मा, अक्षर पटेल र अमित मिश्राले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP