आयोजक ओमानलाई हराउँदै स्कटल्यान्ड टि–२० विश्वकपको सुपर १२मा

Read Time:2 Minute

आयोजक ओमानलाई हराउँदै एसोसिएट राष्ट्र स्कटल्यान्ड टि–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेको छ। समूह चरणमा लागतार तेस्रो जित निकाल्दै स्कटल्यान्ड समूह बीको विजेताका रुपमा सुपर १२ पुगेको छ।

बिहीबार राति भएको खेलमा स्कटल्यान्डले ओमानलाई ८ विकेटले हराो । टस जितेर पहिले ब्याटिङ गर्दै ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्यान्डले १७.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टयो।

स्कटल्याण्डको जितमा कप्तान कायल कोयट्जरले ४१ रन बनाउँदा रिची बेरिङटनले अविजित ३७ रन र म्याथ्यु क्रसले २६ रन जोडे । जर्ज मुन्सेले २० रन बनाए । ओमानका खाँवर अली र फायज बटले समान १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआट हुँदै १२२ रन मात्र बनाउन सक्यो । ओमानका लागि ओपनर अकिब इल्यासले ३७ रन बनाए भने कप्तान जोड्दा जिशान मक्सुदले ३४ रन जोडे । ओमानलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका जोस डाभीले ३ तथा सफ्यान शारिफ र माइकल लीस्कले समान २ विकेट लिए ।

स्कटल्याण्ड पहिलो पटक टि–२० विश्वकपको सुपर १२ मा पुगेको हो । पहिलो खेलमै टेष्ट राष्ट्र बंगलादेशलाई पराजित गरेको स्कटल्याण्डले त्यसपछि पपुवा न्युगिनीलाई पराजित गरेको थियो । समूह बीबाट उपविजेताका रुपमा बंगलादेश पनि सुपर १२ मा पुगेको छ। ओमान भने समूह चरणबाटै रोकिए।

सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । उता बंगलादेश भने ग्रुप १ मा परेको छ । यस समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्टइन्डिज छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post युरोपा कन्फ्रेन्स लिग : रोमाको लज्जास्पद हार, टोटनहम पनि पराजित
Next post यू–२३ एसियन कप छनोटको तयारीका लागि इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल
Close