रद्द भयो बंगलादेश प्रिमियर लिग

कोरोना भाइरस महामारीका कारण बंगलादेश प्रिमियर लिग (बिपिएल) रद्द भएको छ । ९बीबीएल० रद्द गरीएको छ । आगमी डिसेम्बरका लागि तय भएको बिपिएल बंगलादेशमा कोरोनाको असर कम नभएपछि रद्द गरिएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

एक पत्रकार सम्मेलन आयोजना गर्दै बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाजमुल हसनले कोरोनाको असर कायमै रहेकाले सबै पक्षको सहमतिमा २०२० को बिपिएल रद्द गर्ने निर्णयमा बोर्ड पुगेको जनाकारी दिए ।

‘हामी कुनै खेल रोक्न चाहँदैनौं, तर सबै परिस्थिति हाम्रो बसमा छैन । यो अवस्थामा परिस्थिति निकै प्रतिकुल छ, त्यसैले बिपिएल रद्द गर्ने निर्णय गरेका हौं,’ अध्यक्ष नाजमुलले भने । अध्यक्ष नाजमुलले सबै ७ फ्रन्चाइज टिमहरुसँगको छलफलपछि सहमतिमै प्रतियोगिता रद्द गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP