जिम्बाबेका पूर्वकप्तान टेलरमाथि साढे तीन वर्षको प्रतिबन्ध

Read Time:2 Minute

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले जिम्बाबेका पूर्वकप्तान ब्रेन्डन टेलरमाथि प्रतिबन्ध लगाएको छ। अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका टेलरमाथि आईसिसीले साढे तीन वर्षको प्रतिबन्ध लगाएको हो।

सन् २०१९मा फिक्सिङका लागि बुकीसँग भेटेको प्रमाणित भएपछि आईसिसीको एन्टी करप्सन युनिटले टेलरमाथि प्रतिबन्ध लगाएको हो। टेलरले पनि प्रतिबन्ध स्वीकार गरिसकेका छन्। उनीमाथि कोकिन प्रयोग प्रयोग गरेको अभियोग पनि छ।

सन् २०१९मा जिम्बाबेमा टि–२० प्रतियोगिता गराउने र प्रायोजन गर्ने सिलसिलामा भारतीय व्यापारीसँग भेटेको र त्योबेल टेलरले कोकिन प्रयोग गरेका थिए।

टेलरले आफूले भारतीय व्यापारीलाई भेटेको तथा कोकिन प्रयोग गरेको स्वीकार गरेपनि आफूलाई नियोजित रुपमा फसाकिएको आईसिसीलाई बताएका थिए । तर, उनले यो विषयमा आईसिसीलाई ३ महिना ढिलो गरीमात्र जानकारी दिएका थिए।

‘भारतीय व्यवसायीले एक पार्टीमा लगेका थिए । त्यहाँ उनीहरुले मलाई झुक्याएर कोकिन प्रयोग गराए,’ टेलरले आईसिसीसँग भनेका थिए, ‘मैलेको कोकिन प्रयोग गरेपछि त्यसको भिडियो बनाएर उनीहरुले मलाई खेल मिलेमतो गर्न धम्की दिएका थिए । खेल मिलेमतोका लागि उनीहरुले तत्काल १५ हजार अमेरिकी डरल दिएको र काम पुरा भएपछि थप २० हजार डलर दिने बाचा गरेका थिए।’

परिवारको सुरक्षाका लागि आफूले त्यसविषयमा आईसिसीलाई तत्कालै जानकारी नगराएको बताएका थिए ।

सन् २००४ मा जिम्बाबेको टिममा डेब्यू गरेका टेलरले सन् २०११ देखि २०१४ सम्म जिम्बाको कप्तान समेत बनेका थिए । उनले जिम्बाबेका लागि २०४ एकदिवसीय, ४५ टि–२० र ३४ टेस्ट खेलेका छन् । उनले एकदिवसीयमा ११ शतकसहित ६६७७ रन बनाएका छन् भने टि–२०मा ९३४ र टेस्टमा २३२० रन बनाएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पर्थ स्कोचर्सले जित्यो कीर्तिमानी चौथो पटक बिग बास लिग उपाधि
Next post पहिलो पटक अफ्रिकी मुलुकसँग खेल्दै नेपाल
Close