जिम्बाबेका ब्रेन्डन टेलरले दोस्रो पटक लिए सन्न्यास

जिम्बाबेका पूर्वकप्तान बेन्डन टेलरले दास्रो पटक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। जिम्बबेमा जारी आयरल्यान्डविरुद्धको तेस्रो एकदिवसीय खेलअघि ३५ वर्षीय टेलरले दोस्रो पटक अन्तर्राािष्ट्रय क्रिकेटबाट टाढिने घोषणा गरेका हुन्।

जिम्बाबेको बेलफास्टमा जारी आयरल्यान्सडसँगको खेल नै जिम्बाबेका लागि आफ्नो अन्तिम खेल भएको टेलरले जानकारी गराएका थिए। टेलर जिम्बाबे क्रिकेटले पाएको सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आयरल्यान्डसँगको यो खेल खेल मेरो प्यारो देश र मेरो लागि अन्तिम हुनेछ। १७ वर्षको यो उतारचढाव समाप्त हुँदैछ। यो खेलले मलाई विनम्र हुन सिकाएको छ। म आफैंलाई भाग्यमानी ठान्छु धेरै वर्षसम्म राष्ट्रिय जर्सी लगाउन पाएँ।’ अन्तिम खेलमा उनले १२ बलमा ९ रन मात्र बनाउ सके

यसअघि टेलरले सन् २०१५को विश्वकप लगत्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । इंग्ल्यान्डमा काउन्टी क्रिकेट खेल्नका लागि उनले सन्न्यास लिएका थिए । तर, सन् २०१७मा उनी सन्न्यास फिर्ता लिँदै जिम्बाबेको टिममा फर्किएका थिए।

सन् २००४ मा जिम्बाबेको टिममा डेब्यू गरेका टेलरले सन् २०११ देखि २०१४ सम्म जिम्बाको कप्तान समेत बनेका थिए । उनले जिम्बाबेका लागि २०४ एकदिवसीय, ४५ टि–२० र ३४ टेस्ट खेलेका छन् । उनले एकदिवसीयमा ११ शतकसहित ६६७७ रन बनाएका छन् भने टि–२०मा ९३४ र टेस्टमा २३२० रन बनाएका छन्।

Facebook Comments Box