चलेन मेलबर्नको बलिङ, ब्रिस्बेनसँग १० विकेटले पराजित

सेमिफाइनलबाट एक जितमात्र टाढा रहेको मेलबर्न स्टार्सले बिग ब्यास लिगको १३औं खेलमा १० विकेटको फराकिलो अन्तरले पारजित भएको छ । अब सेमिफाइलनमा स्थान बनाउन मेलबर्न स्टार्सलाई अन्तिम खेलमा जित्नै पर्ने दाबब परेको छ ।

जितपछि ब्रिस्बेन हिटको सेमिफाइलन पुग्ने सम्भावना जिवितै रहेको छ । ऊ १३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । अब ब्रिेस्बेन सेमिफाइलनमा पुग्न मेलबर्न अन्तिम खेलमा पराजित हुनु पर्ने छ भने सिड्नी थन्डरले अन्तिम खेलमा ठूलो अन्तरको जित निकाल्नु हुँदैन ।

शुक्रबार ब्रिस्बेनमा भएको खेलमा १५७ रनको लक्ष्य घरेलु टिम ब्रिस्बेन हिटले १० ओभरमै विना क्षति भेट्टायो र १० विकेटको फारकिलो जित निकाल्यो । उसका लागि बेन कटिङ र ले पहिलो विकेटका लागि १० ओभरमा १५८ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए ।

बेन कटिङले ३० बलमा ४ चौका र ८ छक्का प्रहार गर्दैै ८१ रन बनाए भने म्याक्स ब्रेयन्टले ३० बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै ७१ रन बनाए ।

मेलबर्न स्टार्सका सबै बलर महँगा सावित भए । मार्कस स्टोइनिसले १ ओभरमा २४ रन दिए भने कप्तान ग्लेन म्याक्सवेलले २२ दिए । ड्यानिल ओरलले २ ओभरमा २२ रन दिँदा एडम जम्पाले २ ओभरमा ३१ रन खर्चिए । यस्तै ड्वायन ब्राभोले १ ओभरमा १५ रन दिए भने ज्याक्सन ब्रिडले १ ओभरमा १६ रन खर्चिए ।

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले २ ओभरमा २८ रन खर्चिए । सन्दीपले पहिलो ओभरमा ८ रन मात्र दिएका थिए भने दोस्रो ओभरमा सन्दीपले २० रन दिए । सन्दीपको अन्तिम ओभरमा कटिङले २ तथा ब्रेयन्टले १ छक्का प्रहार गरेका थिए । सन्दीपको पहिलो ओभरको चौथो बलमा सेब गोचले ब्रेयन्टका क्याच छोड्दा सन्दीप विकेट बिहीन भएका थिए ।

यसअघि टस जितेर ब्रिस्बेनले फिल्डिङ रोजेपछि ब्याटिङका लागि आएको मेलबर्नले अलराउन्डर मार्कस स्टोइनिसको उत्कृष्ट ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनायो ।

बिग ब्यासको २ खेल बाँकी छँदा मेलबर्न ६ जित र ६ हारको सामना गर्दै १२ अंकका साथ चौथो स्थानमा छ । उसलाई सेमिफाइलन पुग्न अब एक जित मात्र आवश्यक छ । अब उसले समूह चरणको अन्तिम खेलमा आइतबार यसअघि नै सेमिफाइनल पुगिसकेको सिड्नी सिक्सर्सको सामना गर्ने छ ।

प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका स्टोइनिसले ५१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ८१ रन बनाए । अन्य ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसक्दा मेलबर्नले ठूलो स्कोर खडा गर्न सकेन ।

उसका लागि ड्वायन ब्राभोले २१, बेन डंकले १४, निक माडिन्सनले १२ तथा सेब गोचले ११ रन मात्र बनाउन सके । कप्तान ग्लेन म्याक्सवेलले ५ रन मात्र बनाउँदा पिटर ह्यान्सकोम्ब १ रन बनाएर आउट भए ।

ब्रिस्बेनका जोस लेलोरले ३ विकेट लिए भने म्याट रेन्श, ज्याक प्रेस्टवेज र मिचेल स्वेपसनले १–१ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP