बट्लरको उत्कृष्ट ब्याटिङमा इंल्यान्डले भारतलाई हरायो

जोस बट्लरले उत्कृष्ट ब्याटिङ गरेपछि ५ खेलका टि–२० सिजिको तेस्रो खेलमा इंग्ल्यान्ड विजयी भएको छ। मंलबार राति अमदावादमा बट्लर चम्किएपछि इंल्यान्डले तेस्रो टि–२०मा भारतलाई ८ विकेटले हरायो ।

यो सिजतसँगै भ्रमणकारी टिम इंग्ल्यान्डले सिरिजमा २–१को अग्रता लिएको छ। यसअघि पहिलो टि–२०मा इंग्ल्यान्ड ८ विकेट र दोस्रो टि–२०मा भारत ७ विकेटले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टयो। उसका लागि जोस बट्लरले सर्वाधिक ८३ रन बनाए। उनले ५२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै जोनी बेइस्टो २८ बलमा ५ चौकासहित अविजित ४० रन बनाए भने डाविड मालन १८ रनको योगदान दिए। भारतका युजभेन्द्र चाहल र वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले अविजित रहँदै सर्वाधिक ७७ रन बनाए । उनले ४६ बल खेल्दै८ चौका र ४ छक्का प्रहार गरे ।

यस्तै ऋषव पन्तले २५, हार्दिक पाण्ड्याले १७ र रोहित शर्माले १५ रन बनाए । इंग्ल्यान्डका मार्क उडले ३ र क्रिस जोर्डनले २ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.