
क्यानले परिमार्जन गर्यो ग्रेडिङ, कारबाहीमा परेका खेलाडी पनि समावेश, कुन खेलाडी कुन श्रेणीमा?
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटरको वर्गिकरण परिमार्जन गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले यसअघि कारबाहीमा परेका चार खेलाडीलाई वर्गिकरणमा समावेश गर्दै ग्रेडिङ परिर्मार्जन गरेको हो।
यसअघि कारबाही स्वरुप सम्झौतामा नराखिएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कलमसिंह ऐरीलाई ग्रेडिङमा समावेश गरेको छ। ज्ञानेन्द्र, दीपेन्द्र र सोमपाल ए ग्रेडमा रहँदा कमल सीमा छन्।
क्यानले गरेको ग्रेडिङमा ज्ञानेन्द्र, दीपेन्द्र र सोमपालसँगै कप्तान सन्दीप लामिछाने र करण केसी ए ग्रेडमा छन् ।
सेन्ट्रल कन्ट्रयाक्टमा सोमपाल कामी, कुशल भुर्तेल र शेख दाजुभाइको स्थान सुधार भएको छ । तर शरद भेषावकर घटुवामा परेका छन् । यसअघि ग्रेड ‘ए’मै रहेका पूर्वकप्तान पारस खड्का अब ग्रेडिङबाट हटेका छन् भने विक्रम सोबको इन्ट्री भएको छ ।
भैरहवामा बिहीबार सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सन् २०२२ को ग्रेडिङ सार्वजनिक गरेको छ । कूल १८ खेलाडी ग्रेडिङमा समावेश हुँदा ५ खेलाडी ग्रेड ‘ए’ मा छन् भने ६ खेलाडी ग्रेड ‘बी’मा र ७ खेलाडी ग्रेड ‘सी’ मा छन् ।
पुरुषतर्फ ग्रेड ‘ए’ मा परेका खेलाडीले ५० हजार, ग्रेड ‘बी’ मा रहेका खेलाडीले ४० हजार र ग्रेड ‘सी’ मा रहेका खेलाडी ले मासिक ३० हजार पाउने छन् ।
त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप रु १ लाख जनही र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।
यस्तो छ खेलाडी वर्गीकरण
पुरुष
ए : ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसी ।
बीः कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ शेख, अविनाश बोहरा र विनोद भण्डारी ।
सीः कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
महिला
एः रुविना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी।
बीः सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे।
सीः डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल ।