क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिता डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने सम्पूर्ण घरेलु प्रतियोगिता डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। क्यानले डिस मिडिया नेटवर्क लिमिटेडसँग घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारणका लागि शुक्रबार सम्झौता गरेको हो।

सम्झौता पत्रमा डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले हस्ताक्षर गरे। पछिल्लो समय घरेलु क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोट्र्सले गर्दै आएको छ ।

यस सम्झौता अन्तर्गत क्यानले आयोजना गरेको पीएम कप तथा मेयर्स कपका महिला र पुरुष गरी चार प्रतियोगिता डिस होमको एक्सन स्पोर्ट्स च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको क्यानले जनाएको छ ।

सम्झौता अनुसार अब क्यानले आयोजना गर्ने सबै घरेलु प्रतियोगिता एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ ।

Facebook Comments Box