क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले आव्हान गर्‍यो दर्खास्त

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सूचना प्रकाशित गर्दै क्यानले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायोडाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ गरेकाले मुख्य प्रशिक्षक बन्न दरखास्त दिन सक्ने क्यानले जनाएको छ।

नेपाली टिमको मुख्य प्रशिक्षक बन्न आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएको हुनुपर्ने शर्त क्यानले तोकेको छ।

गत महिना ओमानमा भएको आईसिसी विश्वकप लिग–२ अन्तर्गतको सिरिज लगत्तै डेभ वाट्मोरले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षकबिहीन छ।

Facebook Comments Box