क्यानले नियुक्त गर्‍यो प्रदेशमा प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन मागेको १३ महिनापछि सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ। क्यानले शनिबार ७ प्रदेशका लागि १० प्रदेश प्रशिक्षक नियुक्त गरेको हो।

क्यानले प्रदेश २, लुम्बिनी र सुदूरपश्चिममा दुई–दुई र अन्य प्रदेशमा एक–एक प्रशिक्षक नियुक्त गरेको छ।

क्यानले प्रदेश १ मा पूर्व क्रिकेटर पुष्प थापा, प्रदेश २ मा प्रकाश शर्मा र सुनिलकुमार शाह, बागमतीमा सन्जय महर्जन र गण्डकी मा रिजन प्रजुलाई नियुक्त गरेको छ।

यसैगरी क्यानले लुम्बिनीमा वसन्त शाही ठकुरी र जमिल अन्सारीलाई नियुक्त गरेको छ भने कर्णालीमा विरेन्द्र शाही, सुदूरपश्चिममा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरेको छ।

क्यानले खुला प्रतिस्पर्धाबाट प्रशिक्षक नियुक्त गरेको हो । प्रदेश प्रशिक्षक बन्नका लागि २४ जनाले निवेदन दिएका थिए ।

Facebook Comments Box