क्यान–खेलाडी विवादले बन्द प्रशिक्षण प्रभावित

Read Time:1 मिनेट

नेपाली क्रिकेटमा देखिएको नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीचको विवादले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण प्रभावित बनेको छ। क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ क्रिकेटरमाथि अनुशासनको कारबाही गरेपछि उत्पन्न विवादले आजबाट पोखरामा हुने भनिएको बन्द प्रशिक्षण स्थागित भएएको हो।

खेलाडी वर्गीकरणका विषयमा मिडियामा बोलेको भन्दै क्यानको बोर्ड बैठकले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो भने उनीहरुसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०११को सेन्ट्रल कन्ट्याक्टमा ६ महिना नराख्ने निर्णय गरेको थियो ।

विवाद चर्किएपछि क्यानले अहिले खेलाडीसँग वार्ताको पहल गरिरहेको छ। सोही कारण क्यानले टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि आजबाट सुरु हुने भनिएको बन्द प्रशिक्षण स्थगित गरेको हो।

क्यानले मुख्य प्रशिक्षक पुबुदु दासानायकले आएपछि बन्द प्रशिक्षणका विषयमा निर्णय गरिने जनाएको छ। उनी बुधबार नेपाल आइपुग्ने छन्।

विश्वकपको ग्लोबल छनोटमा नेपाल समूह एमा छ । यो समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्। यो समूहको खेल ओमानमा फेब्रुअरी १५ देखि २५ सम्म आयोजना हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री देउवाले भने– नेपालमा फुटबलको क्रेज सबै क्षेत्रमा उस्तै छ
Next post कर्पोरेट ब्याडमिन्टन : कुमारी बैंक र विद्युत प्राधिकरणको विजयी सुरुआत
Close