राष्ट्रिय क्रिकेटको म्याच फि ५ हजार

नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले प्रत्येक खेलमा म्याच फिका रुपमा ५ हजारा रुपैयाँ पाउने भएका छन् । सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको बैठकले ओडिआई र टि–२०आई खेल्ने खेलाडीलाई ५ हजार म्याच फि दिने निर्णय गरेको हो ।

क्यानका अनुसार यो निर्णय २०२० को जनवरीबाट लागु हुने छ । यस्तै राष्ट्रिय क्रिकेट टिमका खेलाडीको वर्गीकरणको लागि समेत क्यानले एक समिति गठन गरेको छ ।

क्यानले खेलाडीको वर्गीकरणका लागि ३ सदस्यी समिति पनि गठन गरेको छ । रोशनकुमार सिंहको संयोजकत्वमा गठन गरिएको समितिमा अमितवीर पान्डे र दुर्गाराज पाठक रहेका छन् ।

समितिले पुरुषतर्फ २४ खेलाडीलाई ए प्लस, ए, बी र सी श्रेणी र महिलातर्फ १८ खेलाडीलाई ए, बी र सी श्रेणी विभाजन गरेर संघलाई पेश गर्ने छन् । उनीहरुले आफ्नो श्रेणी अनुसार तलब पाउने छन् । क्यानले चैतको तेस्रो साताबाट पुरुषको एकदिवसीय प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.