नामिबिया र स्कटल्यान्डविरुद्धको ट्राई–सिरिजका लागि क्यानले छान्यो खेलाडी

क्यानले नामिबिया र स्कटल्यान्डविरुद्ध आगामी महिना हुने ट्राई–सिरिजको क्लोज क्याम्पका लागि क्यानले २० जना खेलाडी छनोट गरेको छ। आइसीसी सीडब्ल्यूसी लिग–२ अन्तर्गत नेपालले स्पेनमा ट्राई–सिरिज खेल्न लागेको हो।

क्यानले एकदिवसीय सिरिजका लागि शुक्रबार २० खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो। क्लोज क्याम्पमा देब्रे हाते स्पिनर बसन्त रेग्मी भने परेका छैनन्। नेपाली राइनोज अलस्टार क्लबको निमन्त्रणामा उनी अर्का खेलाडी पृथु बाँस्कोटासहित अमेरिका गएका थिए।

अलस्टारको निमन्त्रणामा प्रतियोगिता खेल्न गएका रेग्मीसहित पृथु बाँसकोटा पनि त्यसयता नेपाल फर्किएका छैनन्। बाँसकोटा भने क्लोज क्याम्पका लागि चयन भएका छन्। यस्तै, रोहित पाैडेल र ललित राजवंशी पनि क्लोज क्याम्पमा पर्न असफल भएका छन्।

क्लोज क्याम्पका लागि को–को चयन भए?

  • ज्ञानेन्द्र मल्ल
  • कुशल भुर्तेल
  • आरिफ शेख
  • पारस खड्का
  • दिपेन्द्र सिंह ऐरी
  • आशिफ शेख
  • कुशल मल्ल
  • विनोद भण्डारी
  • करण केसी
  • सन्दीप लामिछाने
  • सोमपाल कामी
  • कमल सिंह ऐरी
  • अविनाश बोहरा
  • सन्दीप जोरा
  • शाहब आलम
  • सुशन भारी
  • शरद भेषवाकर
  • बिक्रम शोब
  • पवन सर्राफ
  • पृथु बास्कोटा
Facebook Comments Box