चेन्नईमाथि दिल्लीको सानदार जित

Read Time:2 Minute

१५औं संस्करणको इंन्डियन प्रिमियर लिग (आईपिएल)को पहिलो खेलमा दिल्ली क्यापिटल्स्ले सानदार जित निकालेको छ। शनिबार राति मुम्बईस्थित बन्खाडे रंगशालामा भएको खेलमा दिल्लीले चेन्नई सुपरकिंग्सलाई ७ विकेटले हरायो।

ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै गरेपछि दिल्लीले चेन्नईले दिएको १८९ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टयो। दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बलमा १० चौका र २ छक्का प्रहार गरे ।

यस्तै, पृथ्वी शले ३८ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाए । मार्कस स्टोइनिसले १४ रन जोडे भने कप्तान सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे। चेन्नेईका सार्दुल ठाकुरले २ तथा ड्वायन ब्राभोले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो। उसका लागि सुरेश रैनाले अर्धशतक प्रहार बनाए । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए ।

यस्तै मोइन अलीले ३६ रन रन बनाउँदा साम कुरानले १५ बलमा ३४ रन बनाए भने रविन्द्र जडेजाले २६ र अम्बाति रायाडुले २३ रन बनाए । दिल्लीका लागि क्रिस वोक्स र आभेष खानले समान २ विकेट लिए भने रविचन्द्रन आश्विन र टम करनले समान १ विकेट लिए ।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post टेबलटेनिस खेलाडी अमर सम्मानित
Next post एल क्लासिकोमा रियलको शान, बार्सिलोनालाई हराउँदै उक्लियो शीर्ष स्थानमा
Close