कप्तान पारसले बनाए ओडिआईमा पहिलो अर्धशतक (इन्फोग्राफिक्ससहित)

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्र्तराष्ट्रिय एकदिवसीय खेलमा पहिलो अर्तशतक बनाएका छन् ।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय सिरिज अन्तर्गत नेदरल्यान्डसविरुद्धको दोस्रो अन्र्तराष्ट्रिय एकदिवसयमा कप्तान पारस खड्काले अर्धशतक बनाएका हुन् । यो नेपालका लागि अन्र्तराष्ट्रिय एकदिवसयको दोस्रो अर्धशतक हो । पहिलो अर्धशतक उपकप्तान ज्ञानेन्द्र मल्लको नाममा छ ।

नेपालको अन्तर्राष्ट्रिय एकदिवसीयको डेब्यू खेलमा मल्लले ६१ बलमा ५१ रन बनाउँदै पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका थिए ।

भिआरए क्रिकेट मैदान, आम्स्टेल्भिनमा जारी खेलमा चौथो नम्बरमा ब्याटिङका लागि आएका कप्तान पारसले ६९ बल खेल्दै ५१ रन बनाए । पिटर सिलारको बलमा क्याच आउट हुनु अघि पारसले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP