म्याक्सवेलको ब्याट चल्दा बैंग्लोरले राजस्थानलाई हरायो

इन्डियन प्रिमियर लिग आईएिलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ। बुधबार राति दुबईमा भएको खेलमा ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हरायो ।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १५० रनको लक्ष्य बैंग्लोरले १७.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि ग्लेन म्यासवेलले सर्वाधिक ५० रन बनाए । उनले ३० बलमा ६ चौका र १ छक्का प्रहार गरे।

यस्तै, श्रीकर भारतले ३५ बलमा ४४ रन बनाउँदा कप्तान विराट कोहलीले २५ र देवदत्त पाडिकलले २२ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनायो । उसका लागि इभान लेविसले ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने याशस्भी जैसवालले ३१ र कप्तान सन्जु सामसनले १९ रन बनाए ।

बैंगलोरका हर्सल पटेलले ३ विकेट लिए भने युजभेन्द्र चाहल र शाहबाज अहमेदले समान २ विकेट लिए ।

यस जितसँगै बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ । राजस्थान ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

Facebook Comments Box