वरुण चक्रवर्ती र सन्दीप वारियर कोरोना देखिएपछि कोलकाता र बैंग्लोरबीचको खेल स्थगित

कोलकाता नाइट राइडर्सका २ खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना भाइरस संक्रमण पुष्टी भएपछि आजका लागि तय भएको कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ।

बैंग्लोरविरुद्धको खेलअघि गरिएको परीक्षणमा वरुण र सन्दीपमा कोरोना संक्रमण देखिएको हो।

यो सिजन लिगमा ७ खेलबाट ५ जितसहित १० अंक जोडेको बेंगलोर तेस्रो स्थानमा छ । यस्तै ७ खेल खेल्दा २ जितबाट ४ अंक मात्र जोडेको कोलकाता सातौं स्थानमा छ ।

यसैगरी चेन्नई सुपर किङ्सका तीन सदस्यलाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो पटक गरिएको परिक्षणमा प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसक सहायकलाई कोरोना देखिएको बताइएकाे।

टिमका अन्य सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ देखिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.