एसी मिलान ११ वर्षपछि क्वार्टरफाइनलमा, टोटनहम बाहिरियो

इटालियन क्लब एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ।

गएराति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई गोलरहित बराबरीमा राक्दै समग्रमा १–० को जितसहित एसी मिलान ११ वर्षपछि क्वार्टरफाइनलमा पुगेको छ। उ अन्तिम पटक सन् २०११–१२मा क्वाटरफाइनलमा पुगेको थियो।

एसी मिलानले पहिलो लेगमा टोटेनहममाथि १–० को जित निकालेको थियो।

टोटेनहम हटस्पर स्टेडियममा गए राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %
Previous post एम्बाप्पे, मेसी स्टारर पिएसजी अन्तिम १६बाटै बाहिरियो, बायर्न क्वार्टरफाइनलमा
Next post छक्का हान्दै आसिफले बनाए अर्धशतक, नेपालको उत्कृष्ट सरुआत
Close