विराटनगरले भित्र्यायो वेस्टइन्डिजका हेमराज चन्द्रपउल

Read Time:1 Minute

आसन्न चौथो संस्करणको एभरेस्ट प्रिमियर लिगका लागि विराटनगर वारियर्सले वेस्टइन्डिजका ब्याटिङ अलराउन्डर हेमराज चन्द्रपउललाई अनुबन्धन गरेको छ। विराटनगरले फेसबुकमार्फत् २८ वर्षीय चन्द्रपाउललाई इपिएलका लागि अनुबन्धन गरेको जनाएको छ।

विराटनगरमा आबद्ध हुने हुने उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले जिम्बाबेका सिकन्दर राजा, क्यानडाका रायनखान पठानलाई अनुबन्धन गरेको थियो।

चन्द्रपउलले वेस्टइन्डिजका लागि ६ एकदिवसीय खेल खेलेका त्यसमा उनले ८२ रन बनाएका छन्। यस्तै उलने ३१ फस्ट क्लास, ४० लिस्ट ए र ३१ टि–२० पनि खेलेका छन् । अहिले उनी गुएना अमाजन वारियर्सबाट सिपिएल खेलिरहेका छन्।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। विराटनगरले असोज १० चितवन टाइगर्ससँग खेल्दै प्रतियोगिताका सुरुआत गर्ने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post १८ वर्षीय राडुकानुले जितिन युएस ओपन टेनिस
Next post बर्नाबेउ फर्कियो रियल
Close