aवर्षाले प्रभावित फाइनलमा डिफेन्डिङ च्याम्पियन गुजरातलाई हराउँदै चुन्नई सुपरकिंग्सले आईपिएल उपाधि जितेको छ। वर्षाका सोमबार अबेर राति सकिएको खेलमा गुजराजतलाई अन्तिम बलमा ५ विकेटले हराउँदै चेन्नई च्याम्पियन बन्यो।
योसँगै चेन्नईले सर्वाधिक उपाधि जित्ने मुम्बईको रेकर्ड बराबरी गरेको छ। अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै टिमलाई जित दिलाए।
चेन्नईले डिएल मेथर्डमा १५ ओभरमा १७१ लक्ष्या पाएको थियो। उसले सो लक्ष्य अन्तिम बलमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि डेभोन कन्वेले सर्वाधिक ४७ रन बनाउँदा शिवम दुवेले ३२, अजिन्का रहानेले २७ र रुतुराज डायकवाडले २६ रनको योगदान दिए।
गुजराजतका मोहित शर्माले ३ तथा नुर अहमदले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको गुजराजतले साई सुदर्शनको विस्फोटक ब्याटिङ मद्दतमा ४ विकेटको क्षतिमा २१४ रन बनायो । यो आईपिएलको फाइनलमा बनेको सर्वाधिक रन हो। तेस्रो नम्बरमा ब्याटिङ गरेका सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ९६ रन बनाए। यो फाइलनको तेस्रो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो। उनी फाइलन अर्धशक बनाउने दोस्रो कान्छो खेलाडी पनि बने।
यस्तै, ऋद्धिमन शाहले पनि अर्धशक बनाए। उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए। उनी आईपिएल फाइनल अर्धशतक बनाउने बुढो खेलाडी बने। यस्तै, सुभमन गिलले ३९ र हार्दिक पाण्डेयाले २१ रनको योगदान दिए।
चेन्नईका मथिसा पथिरानाले २ तथा रविन्द्र जडेजा र दीपक चहरले समान १ विकेट लिए।