इपिएलमा भैरहवाको लागतार चौथो जित, ललितपुर ५ विकेटले पराजित

कीर्तिपुस्थित टियू मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्सले लागतार चौथो जित निकलोको छ । २ खेल बाँकी छँदै प्लेअफमा स्थान बनाइसकेको चिवतनले चौथो जित निकाल्ने क्रममा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हरायो ।

कीर्तिपुर मैदानमा आइतबार भएको दोस्रो खेलमा ललितपुरले दिएको १०९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसलका लागि मोहम्मद साहजादले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, भीम सार्कीले २७ रन बनाउँदा दिलिप नाथले १६ र भीरन्दीप सिंहले १३ रन बनाए । ललितपुरका लागि अज्मतुल्लाह ओमर्जाइ र रिजन ढकालले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १०८ रन बनायो । उसका लागि जयकिशन कोल्सावालले सर्वाधिक ४२ रन बनाए । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, सन्दुन वीराकोडीले १४ र सूर्य तामाङले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। चितवनका कमलसिंह ऐरीले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चेर ३ विकेट लिए। यस्तै, करिम जनत र सागर ढकालले समान २ विकेट लिए।

Facebook Comments Box