काठमाडौंलाई हराउँदै चिवतन इपिएलको शीर्ष स्थानमा

कीर्तिपुरस्थित टियू मैदानमा जारी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा चितवन टाइगर्स विजयी भएको छ। बिहीबार भएको खेलमा चितवनले काठमाडौं किंग्स इलाभेनमाथि ३ विकेटको जित निकाल्यो।

प्रतियोगितामा लागतार दोस्रो निकाल्दै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा विराटनगरलाई हराएको चितवनको २ खेलमा ४ अंक भएको छ। ३ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ । काठमाडौं भने २ अंकसहित चौथो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै काठमार्डौं दिएको १४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो। काठमाडौंका जितमा राजेश पुलामी मगरले सर्वाधिक २७ रन बनाए । धैर्यपूर्ण ब्यािटङ गरेका उने २९ बलमा ६ छक्का प्रहार गरे।

यस्तै, नवौं नम्बरमा ब्याटिङमा आएका कमलसिंह ऐरीले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन बनाए । राजेश र कमलले आठौं विकेटका लागि ४७ रनको साझेदारी गरे । दिलिप नाथले २६ बलमा २३ र करिम जनतले १४ बलमा २१ रन बनाए ।

काठमाडौंका रायन बुर्ल र जितेन्द्र मुखियाले मसान २ विकेट लिए । बुर्लले ४ ओभरमा १३ रन खर्चिए भने मुखियाले ३.४ ओभरमा २९ रन खर्चिए।

यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो । उसका लािग सुवास खकुरेलले ३५ बलमा सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २० बलमा २८ तथा जनक प्रकाशले १६ बलमा २६ रनको योगदान दिए ।

चितवनका सागर ढकालले उत्कृष्ट बलिङ गरे । उलने ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । यस्तै, करिम जनतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए।

Facebook Comments Box