साहब र सागर चम्किँदा चिवतन फाइनल, पोखरा ९ विकेटले पराजित

चिवतन टाइसर्ग चौथो संस्करणको एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ। बुधबार कीर्तिपुरस्थित टियू मैदानमा भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजमाथि ९ विकेटको जित निकाल्दै चितवन फाइनलमा प्रवेश गरेको हो।

लिग चरणमा चितवन र पोखरा शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुगेका थिए। पराजित भएको पोखराले फाइनल प्रवेशका लागि अर्को मौका पनि पाउने छ । आज हुने भैरहवा ग्लाडियटर्स र काठमाडांैं किंग्स इलाभेनबीचको विजेता फाइलन प्रवेशका लागि क्वालिफायर २ खेल्ने छ।

स्पीनरद्वय सागर ढकाल र शाहब आलमले उत्कृष्ट प्रदर्शन गरेपछि पहिला ब्याटिङ गरेको पोखरा ६६ रनमै अलआउट भयो। ३३ रन बनाउँदा १ पहिलो विकेट गुमाएको पोखराले थप ३३ रन बनाउँदा ९ विकेट गुमाएको थियो । पोखराका रिचर्ड लेभीले १९, सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पोखराका इनिङ ध्वस्त बनाउन क्रममा सागर र साहबले समान ४ विकेट लिए। साहबले ४ ओभरमा १० रन मात्र खर्चिँदा सागरले १४ रन खर्चिए । यस्तै, सोमपाल कामी र करिम जन्नतले समान १ विकेट लिए।

६७ रनको सामान्य लक्ष्य ७.५ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । उसका लागि मोहम्मद साहजादले २६ बलमा नटआउट ४८ रन बनाउँदा आसिम अन्सारीले १४ रन बनाए । पोखराका नन्दन यादवले १ विकेट लिए।

Facebook Comments Box