काठमाडौंलाई हराउँदै चितवन फाइनल, काठमाडौंको प्लेफ सम्भावना जिवितै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेतृत्वमा रहेको चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको अराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । चिवतन पहिलो संस्करणको उपविजेता हो ।

लगातार पाचौं निकाल्ने क्रममा चिवतनले मंगबलार पोखरा रंगशालामा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको टिम काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले हरायो । यसअघि चिवतनले पोखरा पल्टनलाई ६ विकेट, बुटबल ब्लास्टर्सलाई ११९ रन, एक्सपर्ट धनगढी ब्लुजलाई ५१ रन र विराटनगर टाइटन्सलाई १८ रनले हराएको थियो ।

लागातार ५ खेल जितेको चितवन १० अंकका साथ लिगको शीर्ष स्थानमा रहँदै सिधै फाइलन पुगेको हो । अब उसले उपाधिका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ । ६ अंकाका साथ बुटबल एलिमिनेगरमा पुगिसकेको छ भने अर्को टिमको टुंगो भने बुधबार हुने खेलबाट लाग्ने छ ।

एलिमिनेटर पुग्ने अर्को टिम काठमाडौं र विराटनगर मध्ये एक हुने छ । ५ खेलमा २ जित र ३ हारका साथ काठमाडौंले ४ अंक जोडेको छ भने एक खेल्न बाँकी रहेको विराटनगरको २ अंक मात्र छ । अन्तिम खेलमा विराटनगरले बुटबललाई पराजित गरेमा दुवैको अंक समान हुने छ । त्यसपछि रनरेटका आधारमा प्लेअफ पुग्ने तेस्रो टिमको टुंगो लाग्ने छ । बुटबललाई पराकिलो अन्तरले हराए विराटनर, नत्र काठमाडौं प्लेअफमा पुग्ने छ । काठमाडौंको रनरेट ०.३९ छ भने विराटनगरको –०.१७७ छ ।

यता, आज भएको खेलमा काठमाडौं ६० रनले मात्र पराजित भएपछि ४ अंक नै जोडेको धनगढी भने प्रतियोगिताबाट बाहिरिहएको छ । अंक समान भएपनि रनरेटमा काठमाडौंभन्दा पछि परेपछि धनगढी समूह चरणबाटै बाहिरिएको हो ।

आइतबार भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४, पवन सर्राफले २७ र पृथु बास्कोटाले १८ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा सन्नी पटेलले ३ तथा रोहन मुस्तफाले २ विकेट लिए । पटेलले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चिए भने मुस्तफाले ४ ओभरमा १ मेडनसहित १२ रन मात्र खर्चिए । यस्तै, करण केसी, भुवन कार्की, रामनरेश गिरी र पारस खड्काको नाममा समान १ विकेट रह्यो ।

टस हारेर पहिला ब्याटिङका लागि आएका चितवनले रोहन मुस्तफा र बाबर हायतको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनायो । अघिल्ला ४ खेलमा मुस्तफासँगै ओपनिङमा आएका पारसले काठमाडौंविरुद्ध भने करणलाई ओपनिङमा पठाए ।

ओपनिङमा परिवर्तन गरेपनि उसको सुरुवात पनि राम्रो हुन सकेन । करण ६ बल खेल्दै १ रन मात्र बनाएर आउट भए । त्यसपछि दुई अनुभवी खेलाडी मुस्तफा र हायतले इनिङ सम्हाल्दै टिमलाई बलियो अवस्थामा पुराए ।

मुस्तफा र हायतले दोस्रो विकेटका लागि १३.४ ओभरमा ११९ रनको साझोदारी गरे । मुस्तफा ५९ रनमा नटआउट रहे भने हायतले ७० रन बनाए । विस्फोटक ब्याटिङ गरेका हायतले ४७ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे भने मुस्तफाले ५२ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, आरिफ सेखले ९ बलमा १५ र सन्नी पटेलले ८ बलमा १५ रन बनाए । काठमाडौंका सुशन भारी, बसन्त रेग्मी र अमरसिंह रौटेलाले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *