भीम र कमल चम्किँँदा चितवन च्याम्पियन

भीम सार्की र कमलसिंह ऐरी चम्किएपछि चितवन टाइगर्स च्याम्पियन बनेको छ । शनिबार कीर्तिपपुरस्थित टियू मैदानमा भएको खेल भीम सार्कीको ब्याट र कलमको बल चल्दा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो।

टियू मैदानमा पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । उसका लागि भीम सार्कीले सर्वाधिक ६३ रन बनाए । उनले ४५ बल खेल्दै ७चौका र २ छक्का प्रहार गरे ।

यस्तै दिलिप नाथले १७ बलमा १८ रन बनाउँदा राजेश पुलामीले १४ र मोहम्मद साहजादले ११ रन बनाए । पोखराका किशोर महतोले ३.५ ओभरमा २७ रन खर्चेर ४ विकेट लिँदा नन्दन यादवले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पोखाराले १७.५ओभरमा अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो । उसलका असेला गुणारत्नेले ३४ र रिचार्ड लेभीले २६ र कप्तान विनोद भण्डरीले २२ रन बनाए । पोखरालाई सस्तैमा समेन्ट्ने क्रममा कमलसिंह ऐरीले ४ तथा करिम जन्नत र सुकुगे प्रसन्नले समान २ विकेट लिए।

उपाधिसँगै चितवनले ५० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता पोखालले १५ लाखमा चित्त बुझायो।

Facebook Comments Box