श्रीलंकाविरुद्धको सिरिजका लागि वेस्टइन्डिज टिमको घोषणा, क्रिस गेलको पुनरागमन

वेस्ट इण्डिजले श्रीलंकाविरुद्धको टी–२० र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ । घरेलु मैदानम हुने सिरिजका वेस्ट इन्डिजले घोषणा गरेको टिमा भेट्रान ब्याट्सम्यान क्रिस गेल पनि परेका छन्। टि–२० टिममा मात्र स्थान बनाएका गेलले २ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्।

शुक्रबार वेस्ट इन्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी-२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो । वेस्ट इन्डिजले टिममा व्यापक परिवर्तन भएको छ । क्रिस गेल, फिडेल एडवाड्र्स, जेसन होल्डर जस्ता अनुभवी खेलाडी टी–२० टिममा परेका छन् । यस्तै एभिन लुइसले पनि पुनरागमन गरेका छन् । शिमरोन हेतमायर, सेल्ड्रन कट्रेल, ओसेन थोमस, किमो पउल, ब्रेण्डन किङ भने टिममा अटाएनन् ।

वेस्ट इन्डिजले घरेलु मैदानमा यही मार्च ४ देखि श्रीलंकाविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्दैछ । टी–२० सिरिजपछि वेस्ट इन्डिज र श्रीलंकाले तीन खेलकै ओडिआई सिरिज पनि खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.