क्रिस गेलले क्यारेबियन प्रिमियर लिग नखेल्ने

भेट्रान विस्फोटक ब्याट्सम्यन क्रिसले घरेलु टि–२० प्रतियोगिता क्यारेबियन प्रिमियर लिग नखेल्ने भएका छन् । नयाँ संस्करणका लािग खेलाडी छनोटको ड्राफ्ट सर्वाजनिक हुँनै लाग्दा गेलले सिपिएल नखेल्ने बताएका हुन् ।

व्यक्तिगत कारण देखाउँदै लिगका लागि उपलब्ध नहुने बताएका छन् । उनले सेन्ट लुसियालाई इमेल गर्दै लकडाउनका कारण परिवारलाई भेट्न नपाउने भएकाले लिग नखेल्ने बताएका छन्। जमैकामा रहेका गेलले अहिलेको लागि ब्रेक चाहेको र परिवारलाई समय दिने बताएका छन्।

सिपिएलका लािग उनी यो सिजन सेन्ट लुसियामा आबद्ध भएका थिए । सिजनका लागि जमैका तालावाजले गेललाई रिलिज गरेपछि सेन्ट लुसियाले भित्र्याएको थियो।

वेस्टइन्डिजका विभिनन देशमा हुने यो फ्रेन्चाइज क्रिकेट लिग कोरोना भाइरसका कारण यो पटक ट्रिनिडाड एन्ड टोबागोमा मात्र हुने छ । प्रतियोगिता अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने बताइएको छ । प्रतियोगिताका लागि ट्रिनिडाड सरकाले अनुमति दिन बाँकी नै छ।

वेस्ट इन्डिजका अनुभवी ब्याट्सम्यान गेलले सिपिएलको सुरुवाती चार सिजन जमैकाबाट खेलेका थिए। त्यसपछि उनी सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । फेरि गत सिजन उनी जमैकामै फर्किएका थिए।

सिपिएलका अघिल्ला दुइृ सिजन नेपाल युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि खेलेका थिए । दुवै सिजन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो सिजन उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए भने दोस्रो सिजन बार्बादोस ट्राइडेन्सबाट खेलेका थिए । नेपलाको खेल परेकाले सन्दीपले लिग चरणमात्र खेलेका थिए । उनको टिम च्याम्पियन नै बनेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.