वेस्टइन्डिजले जित्यो अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज

वेस्टइन्डिजले अस्ट्रेलियाविरुद्धको ५ खेलको टि–२० सिरिज २ खेल अगावै जितेृको छ। मंगलबार बिहान भएकाे तेस्रो टि–२०मा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै वेस्टइन्डिजले अस्ट्रेलियाविरुद्धको सिरिज २ खेलअघि नै जितेको हो।

सेन्ट लुसियास्थित डारेन सामी अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १४२ रनको लक्ष्य वेष्टइन्डिजले १४.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३८ बल खेल्दै चार चौका र सात छक्का मद्दतमा ६७ रन बनाए ।

टि–२० अन्तर्राष्ट्रिय गेलको २०१६ पछिको पहिलो अर्धशतक हो । यो अर्धशतकसँगै टि–२० क्रिकेटमा १४ हजार रन पुरा गरेका छन् । यस्तै निकोलस पुरनले अविजित ३२ रन बनाए । अष्ट्रेलियाका लागि रिले मेरेडिथले तीन विकेट लिए।

पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनायो । अष्ट्रेलियाका लागि मोइसिस हेनरिकेले सर्वाधिक ३३ रन बनाए भने कप्तान आरोन फिन्चले ३०, एस्टन टर्नरले २४ र म्याथ्यु वेडले २३ रन बनाए । वेष्ट इन्डिजका हेएडन वाल्सले दुई विकेट लिए ।

पहिलो वेष्टइन्डिजले १८ र ५६ रनले जितेको थियो । सिरिजको चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

Facebook Comments Box