इंग्ल्यान्डविरुद्ध आयरल्यान्ड ३८ रनमै अलआउट

लर्ड्स मैदानमा भएको आयरल्यान्डविरुद्धको एकमात्र टेस्टको दोस्रो इनिङमा आयरल्यान्डले खराब ब्याटिङ गरेको छ । पहिलो इनिङमा विश्वच्याम्पियन इंंग्ल्यान्डलाई ८५ रनमै अलआउट गरेको आरयल्यान्ड दोस्रो इनिङमा आफैं ३८ रनमा अलआउट भयो ।

लो स्कोरिक म्याचमा १८२ रनको लक्ष्य पछ्याएको आयरल्यानडलाई ३८ रनमा अउआउट गर्दै इंग्ल्यान्डले १४३ रनको फराकिलो जित हात पारेको छ ।


टेस्ट क्रिकेटमा यो आयरल्यान्डको सबैभन्दा खराब प्रदर्शन हो भने टेस्ट इतिहासमा भने पाचौं कम योगफल हो । टेस्ट क्रिकेटमा सबैभन्दा कम बनाउने रेकर्ड न्युजिल्यान्डको नाममा छ । उसले २१ रन मात्र बनाएको थियो ।

१८१ रनको लक्ष्य लिएर दोस्रो इनिङ ब्याटिङ गर्न आएको आयरल्यान्डले लडर््समा बिर्सनलायक प्रदर्शन ग¥यो । लगभग दुई दिनको समयमा केबल १८१ रनको लक्ष्य पाएको आयरल्यान्डका ब्याट्सम्यान संयमित हुन नसक्दा इंग्ल्यान्डका बलर हाबी भएका थिए । ओपनर जेम्स म्याकोलुमले १७ बलमा ११ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

आयरल्यान्डका ४ जना ब्याट्सम्यान डकआउट भएपछि १५.४ ओभरमा ३८ रनमात्र जोड्दै लज्जास्पद हार बेहोरेको थियो । इंग्ल्यान्डका लागि क्रिस ओक्सले ६ विकेट लिए भने स्टुआर्ट ब्रोडले ४ विकेट लिएका थिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा २३.४ ओभरमा केबल ८५ रन बनाएर अलआउट भएको थियो । इंग्ल्यान्डलाई सस्तैमा समेट्न आयरल्यान्डका टिम मुर्तघले ५ विकेट लिएका थिए भने मार्क एडेर र बाइड रान्किनले क्रमशः ३ तथा २ विकेट लिए ।

यसपछि ब्याटिङमा आएको आयरल्यान्ड पनि २०७ रन बनाएर पहिलो दिनमै अलआउट भएको थियो । आयरल्यान्डका लागि एन्डी बेलबिर्निले ६९ बलमा सर्वाधिक ५५ रनको अर्धशतकिय इनिङ खेलेका थिए ।

यस्तै, पल स्टर्लिङले ४३ बलमा ३६ रन जोडे भने केभिन ओब्राइनले ७३ बलमा नटआउट २८ रनको संयम इनिङ खेलेको थिए । आयरल्यान्डलाई सस्तैमा समेट्न स्टुआर्ट ब्रोड, साम कुरान र ओल्ली स्टोनले समान ३–३ विकेट लिए भने मोइन अलिले १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

१२२ रनले पछि परेको अवस्थाबाट दास्रो इनिङ सुरु गरेको इंग्ल्यान्डले पहिलो इनिङमा गरेका गल्ति सुधार्दै धैर्यतापूर्वक सुरु गरेको थियो । ओपनर रोरी बन्र्स २६ बलमा ६ रन जोड्दै आउट भएपनि अर्का ओपनर ज्याक लिच र जेसन रोयले इनिङ सम्हालेको थिए । लिचले १६२ बलमा ९२ रनको प्रशंसनिय इनिङ खेले भने रोयले ७८ बलमा ७२ रनको योगदान गरे ।

जोए रुटले ६४ बलमा ३१ रन रसाम कुरानले २९ बलमा ३७ रन जोड्नु बाहेक मध्यक्रम र पछिल्लोक्रमका अन्य ब्याट्सम्यानले विकेट जोगाउन नसकेपछि इंग्ल्यान्ड ३०३ रनमा अलआउट हुँदै आयरल्यान्डलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दोस्रो इनिङमा आयरल्यान्डका लागि स्टुआर्ट थोम्सन र मार्क एडेरले ३–३ विकेट लिए भने बोइड रेन्किन र टिम मुर्ताघले क्रमशः २ तथा १ विकेट आफ्नो नाममा लेखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP