क्यान सदस्यमा छुम्बी र धर्मराज मनोनित

नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमिति सदस्यमा छुम्बी लाामा र धर्मराज गिरी मनोनित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छुम्बी र धर्मराजलाई सदस्यमा मनोनित गरेको हो ।

क्यानको विधानमा दुई सदस्य राखेपको सिफारिसमा नियुक्त गर्न प्रावधान छ । सोही प्रवधानअनुसार राखेपले छुम्बी र धर्मराजलाई क्यान बोर्ड सदस्यका लागि सिफरिस गरेको हो ।

असार १० गते राखेपको सदस्य सचिव स्तरीय निर्णयअनुसार छुम्बी र धर्मराजलाई लामा र गिरीलाई क्यानको कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय भएको थियो । परिषद्ले मंगलबार दुवैलाई मनोनयनको पत्र दिएको छ ।

टंक आङबुहाङ नेतृत्वको क्यानमा छुम्बी लामा कर्मचारीको रुपमा प्रवेश गरेका थिए । क्यान निलम्बन रहेको अवस्थामा लामाले सिओओको रुपमा राम्रो छाप छाडेका थिए । उनी पछिल्लो समय क्विन्स ईभेन्ट म्यानेजमेन्टको प्रबन्ध निर्देशकको रुपमा दुई फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग र वुमन्स च्याम्पियन्स लिग सञ्चालन गर्दै आएका छन् ।

अर्का सदस्य गिरी भने राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी हुन् । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने गिरी नेकपाको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका क्रिकेट विभागका उपाध्यक्ष समेत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *