सिप्यान क्रिकेट अवार्ड नहुने, पुरस्कारको रकम कोराना पीडितलाई

यो वर्ष सिप्यान क्रिकेट अवार्ड नहुने भएको छ । आयोजक क्रिकेट खेलाडी संघ नेपालले अवार्डमा पुरस्कार वापत दिइने रकम कारोना पीडित राहतकोषाम दिने घोषणा गरेको छ ।

चैत्र २१ गतेका लागि तय भएको अवार्ड कोरोनाभाइरसको त्रासका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो । क्रिकेट खेलाडी संघ नेपालले पुरस्कार वापतको ४ लाख ६२ हजार रुपैयाँ कोरोना पीडित राहत कोषामा दिने छ ।

कोरोनाका कारण स्थगित बनेको अवार्ड कार्यक्रमको पुरस्कार रकम सरकारी राहत कोषमा जम्मा गर्दै अर्को बर्ष अवार्डको नयाँ संस्करण सुरु गरिने सीप्यानले बताएको छ । आयोजक सीप्यान र प्रायोजक एनसीसीएस ग्रुपको तर्फबाट सो रकम राहत कोषमा उपलब्ध गराइनेछ ।

‘विषम परिस्थितीमा हामी सम्पूर्ण क्रिकेट खेलाडीहरू पनि संकटको रुपमा देखापरेको कोरोना भाइरसविरद्धको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्न प्रतिबद्व छौ ।’ सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP