सन्दीपले लिए विकेट, तर ब्याटिङ नचल्दा हार्‍यो बार्बादोस

क्यारेबियन प्रिमियर लिगका पाचौं खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले ३ ओभर बलिङ गर्दै २१ रन खर्चेर १ विकेट लिए । तर, सन्दीपको उक्त प्रदर्शन बार्बादोस ट्राइडेन्सलाई जिताउन भने पर्याप्त भएन । आइतबार राति भएको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेपछि बार्बादोस गुयाना अमाजोन वारियर्ससँग १२ रनले पराजित भयो ।

गुयानाविरुद्धको १ विकेटसँगै सन्दीपले प्रतियोगितामा आफ्नो विकेट संख्या ६ पु¥याएका छन् । पहिलो खेलमा गुयानाविरुद्ध नै १ ओभरमात्र बलिङ गर्दा विकेट बिहीन गरेका सन्दीपले त्यसपछि सबै खेलमा विकेट लिएका छन् । पूर्वक्लब सेन्ट किट्स एण्ड नेविस प्याट्रिओट्सविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । सो खेलमा सन्दीपले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए ।

टस जितेर गुयानाले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गर्दै बार्बादोसले दिएको १३९ रनको लक्ष्य दिएको थियो । १३९ रनको लक्ष्प पछ्याएको गुयानाले ११ ओभरमा २ विकेट गुमाउँदै ८१ रन बनाउँदा खेल वर्षाले रोकिएपछि डिएल मेथर्डका आधारमा गुयाना १२ रनले विजयी भयो । यो जितसँगै लागतार ६ खेल जितेको प्लेअफमा पुगेको छ ।

गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक ५१ रन बनाए भने चन्द्रपाउल हेमराजले २० रन बनाए । निकै आक्रामक ब्याटिङ गरेका किङले ३४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै हेमराजले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । बार्बादोसका सन्दीप र जेपी डुमिनीले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको बार्बादोसले १९.२ ओभरम अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो । उसका लागि जेपी डुमिनीले सर्वाधिक ३८ रन बनाए भने एलेक्स हल्सले २४ रन बनाउँदा जोनशन चाल्र्स, जस्टिन ग्रेविस, एस्ली नर्श र रेमन रेइफरले समान ११ रन बनाए । सन्दीप लामिछाने भने गोल्डेन टकआउट भए ।

बार्बादोसलाई सस्तैमा समेट्ने क्रममा गुयानाका क्रिस ग्रिनले घातक बलिङ गरे । उनले ३.२ ओभरमा १४ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै, इमरान ताहिरले २ तथा केइमो पाउल, रोमारियो शेफर्ड, शोएब मल्लिक र ओडेइन स्मिथले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP