सिपिएपल अगस्ट २८ बाट हुने

क्यारेबियन प्रिमियर लिग (सिपिएल० आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सेन्ट किट्स एण्ड नेभिसमा आयोजना हुने भएको छ ।

सीपीएलको नवौं संस्करणका सबै ३३ खेल त्यहाँको वार्नर पार्क स्टेडियममा खेलाइनेछ । गत वर्ष सबै खेल ट्रिनिदाद एण्ड टोबागोमा गरिएको थियो ।

गत सिजन नेपालका सन्दीप लामिछाने जमाइका तल्हवाजबाट खेलेका थिए । तर सेमिफाइनलमा जमाइका पराजित भयो । काएरन पोलार्ड कप्तानीको ट्रिनिबागो नाइट राइडरसले अपराजित रहँदै गत सिजन उपाधि जितेको थियो ।

यस सिजनका लागि सहभागी ६ मध्ये ५ फ्रेन्चाइजले प्लेअर रिटेन्सन गरेका छन् । जमाइकाले भने खेलाडी रिटेन गरेको छैन । त्यसैले सन्दीपलाई खेल्ने नखेल्ने टुङ्गो छैन ।

त्यसअघि सन्दीप इंगल्याण्डमा हुने दुई प्रतियोगिताका लागि भने अनुबन्धित भइसकेका छन् । जुन ९ देखि सुरु हुने ऐइटलिटी टी(२० ब्लास्टका लागि सन्दीप वर्सेस्टरायरमा अनुबन्ध भएका छन् भने पहिलो पटक हुन लागेको दी हन्ड्रेड क्रिकेटका लागि ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् ।

Facebook Comments Box