वेस्टइन्डिजमा चम्किँदै सन्दीप

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बुधबार बिहान सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा २ ओभर बलिङ गरेका सन्दीप २ विकेट लिँदै आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राखेका छन् । उक्त खेलमा सन्दीपले १३ रन खर्चिए । सन्दीपले लुसिया स्टार्सका डेभिड वार्नर क्याच आउट गराएका थिए भने क्वेज अहमदलाई कट एन्ड बोल्ड गर्दै सन्दीपले आफूलाई उत्कृष्ट प्रमाणित गरेका थिए ।

सिपिएलको सेन्ट किट्स नेभिट् प्याट्रिओट्समा आबद्ध सन्दीपले सिपिएलको ४ खेलमा ७ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । सिपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा ९ विकेट लिएका आद्रे रसेल छन् । रसेलले ५ खेल खेलेका छन् ।

सिपिएलका ४ खेलमा १३ ओभर बलिङ गरेका सन्दीपले ४.८४ को इकोनोमीमा बलिङ गरेका छन् । १ मेडन ओभर समेत गरेका सन्दीपको प्रतियागितामा उत्कृष्ट प्रर्दशन १२ रन खर्चेर २ विकेट लिनु हो ।

सन्दीपले सिपीएलको डेब्यू खेलमै गुएना अमाजोन वारियर्ससविरुद्ध १२ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै, दोस्रो खेलमा उनले ट्रिनबागो नाइट राइडर्सविरुद्ध मेडन विकेट लिएका थिए । सो खेलमा सन्दीपले ४ ओभरमा १७ रन खर्चिएका थिए । सन्दीपले तस्रो खेलमा एकै ओभरमा जमैका लल्लावासका दुई खेलाडीलाई आफ्नो सिकार बनाएका थिए । जमैकाविरुद्ध सन्दीले २१ रन खर्चेर २ विकेट लिएका थिए ।

किंग्सटनमा भएको जमैकाविरुद्धको खेलमा ५ औं ओभरमा बलिङका लागि आएका सन्दीप १० रन खाएका थिए । खेलको ७ औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले सो ओभरमा ८ रन दिँदै २ विकेट लिए । सन्दीपल ७ औं ओभरका दोस्रो बलमा ४९ रन बनाएर खेलिरहेका केन्नर लुइसलाई केभिन कुपरका हातबाट क्याच आउट गराएका थिए भने चौथो बलमा आन्द्रे म्याकार्थीलाई शुन्य रनमा एलबीडब्लु धरापामा पारेका थिए ।

अब सन्दीपले सिपिएलको एउटा खेल मात्र खेल्ने छन् । सन्दीपले भदौ १० गते बिहान १ः ४५ मा हुने बार्बादोस ट्राइडेन्ट्सविरुद्धको खेल खेल्नछन् । त्यसपछि सन्दीप एसिया कप छनोट खेल्ने उतैबाट मलेसिया जाने छन् । यदि पेट्रिओट्स क्यारेबियन प्रिमियर लिगको प्लेअफमा पुगे सन्दीप एसिया कप छनोट खेलिसकेपछि मलेसियाबाट पुनः वेस्टइन्डिज जाने छन् ।

पेट्रिओट्सको दोस्रो जित
सन्दीपको टिम सेन्ट किट्स नेभिट् प्याट्रिओट्सले क्यारेबियन प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ । बुधबार बिहान भएको खेलमा प्याट्रिओट्सले सेन्ट लुसिया स्टार्सलाई ७ विकेटले पराजित गर्‍यो ।

लुसिया स्टार्सले दिएको ७० रनको विजयी लक्ष्य प्याट्रिओट्सले ७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । झिनो लक्ष्य पछ्याएको प्याट्रिओट्सका लागि डेभोन थोमसले सर्वाधिक ३८ रन बनाए । यस्तै, इभान लुइसले १३ रन बनाए भने ब्रान्डन किङले १७ रनको योगदान दिए । लुसिया स्टार्सका मिचेल म्याक्लानघन र काभेम हजले १/१ विकेट लिएका थिए ।

पहिलो ब्याटिङक गरेको लुसिया स्टार्सले १२.३ ओभारमा अलआउट हुनुअघि ६९ रन मात्र जोड्न सक्यो । उसलाई सस्तैतमा समेट्ने क्रममा प्याट्रिओट्सका सेल्डन कोट्रेलले ३ तथा सन्दीप लामिछाने र ममदुल्लाहले २/२ विकेट लिए । लुसिया स्टार्सका क्वेज अहमदले सर्वाधिक २४ रन बनाए भने डेभिड वार्नरले १४ रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP