मुख्य प्रशिक्षका लागि क्याले एक साताभित्र दर्खास्त आव्हान गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमके मुख्य प्रशिक्षकका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दखास्त आव्हान गर्ने भएको छ । बुधबार र बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षकका लागि एकसाता पछि दर्खास्त आव्हान गर्ने निर्णय गरेको हो।

बैठकले मुख्य प्रशिक्षकका लागि एक साताभित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । गत सेप्टेम्बरमा भएको ओमान भ्रमणकै क्रममा मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम प्रशिक्षक विहीन छ ।

Facebook Comments Box