अस्ट्रेलियाले स्थगित गर्‍यो न्युजिल्यान्ड र अफगानिस्तानविरुद्धको सिरिज

क्रिकेट अष्ट्रेलियाले न्युजिल्यानड र अफगानिस्तानविरुद्धको सिरिज स्थागित गरेको छ । कोरोना भाइरसको महामारीका कारण खेल तालिकामा समस्या देखिएको भन्दै अस्ट्रेलिया क्रिकेटले न्युजिल्यानड र अफगानिस्ताविरुद्धको दुई सिरिज स्थागित गर्ने निर्णय गरेको हो ।

अस्ट्रेलिया क्रिकेटले दुवै देशको क्रिकेट बोर्डसँगको छलफलपछि सहमति मै सिरिज स्थगित गरिएको जनाएको छ । कोरोनाका कारण १४ दिनको क्वारेन्टाइन पुरा गर्नु पर्ने भएकाले अस्ट्रेलियाले तालिका मिलाउन न्युजिल्यान्डविरुद्धको एकदिवसीय र अफगानिस्तानविरुद्धको टि–२० सिरिज स्थागित गरेको हो ।

अस्ट्रेलियाले घरेलु मैदानमा नोभेम्बरमा अफगानिस्तानसँग टेस्ट सिरिज र आगामी जनवरीमा ४ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका थियो ।

अस्ट्रेलियाले अक्टोबरमा वेस्टइन्डिज र भारतसँग ३–३ खेलको टि–२० सिरिज खेल्ने छ भने डिसेम्बर र जनवरीमा भारतसँगै ४ खेलको टेस्ट सिरिज र २ खेलको एकदिवसीय सिरिज खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP