क्रिकेटराष्ट्रिय क्रिकेट

क्रिकेटको पूर्वाधार बनाउन माग गर्दै अनेरास्ववियूको प्रर्दशन

नेपालमा क्रिकेटको पूर्वाधारमा सरकारले ध्यान दिइएको भन्दै अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

विश्वले चिनेको खेलाडीलाई नेपाल सरकारले चिन्न नसकेको र क्रिकेट पूर्वाधारको बिकासमा कुनै चासो नदिएको भन्दै अखिलले आइतबार काठमाडौंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन्।

उनीहरुले किर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिने धेरै अघि तयारी भएपनि अहिलेसम्म जडान भएको भन्दै आपत्ति जनाएका थिए। प्रदर्शनमा सहभागीहरुले खेलाडीहरुलाई उचित व्यवस्था गर्नुपर्ने, खेलाडीको घोषित पुरस्कार बितरण गर, टियु मैदानमा फ्लड लाइट जडान गर लगाएतका नारा लगाएका थिए।

एसिया कपमा नेपाली टिमले भारत र पाकिस्तानजस्ता टिमसँग उत्कृष्ट प्रदर्शन गरेर फर्किएपछि नेपाली क्रिकेटको पूर्वाधार विकास गर्नुपर्ने र घरेलु संरचना बलियो बनाउनु पर्ने माग उठ्दै आएको छ।