श्रीलंकन कप्तान कुशल परेरालाई कोरोना संक्रमण

Read Time:1 Minute

श्रीलंकन क्रिकेट टिमका कप्तान कुशल परेरालाई कोरोना संक्रमण देखिएको छ। श्रीलंका क्रिकेट बोर्डले आफ्ना विकेटकिपर ब्याट्सम्यान परेरालाई सोमबार कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ।

दक्षिण अफ्रिकाविरुद्धको आसन्न एकदिसीय र टि–२०को तयारी थाल्नुअघि गरिएको परीक्षणमा परेरालाई संक्रमण देखिएको हो। उनी अहिले सेल्फ आईसोलेसनमा बसेका छन्। ।

संक्रमण पुष्टी भएपछि उनले दक्षिण अफ्रिका विरुद्धको सिरिज गुमाउने सम्भावना बढेको छ। दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज २–७ सेप्टेम्बरसम्म हुने छ भने टि–२० सिरिज १०–१४ सेप्टेम्बरसम्म हुने छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
Next post कोर्टुवाले गरे रियलसँग सम्झौता नवीकरण
Close