बट्लरको विस्फोटक इनिङ, सनराइजर्समाथि राजस्थनको सहज जित

जोश बट्लरले विस्फोटक इनिङ खेल्दै शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा राजस्थान रोयल्सले सहज जित निकलेको छ। आइतबार भएको पहिलो खेलमा बट्लरले उत्कृष्ट इनिङ खेलेपछि राजस्थान रोयल्सले सनराइजर्स हैदरावादमाथि ५५ रनको जित निकाल्यो।

बट्लरले शतकीय इनिङ खेलेपछि राजस्थानले दिएको २२१ रनको लक्ष्य पछ्याएकोह हैदरावादले निर्धाीरत ओभरमा ८ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनिङमा आएका मनिष पाण्डेले सर्वाधिक ३१ रन बनाए भने जोनी बेइस्टोले ३० रनको योगदान दिए ।

डेविड वार्नरको स्थानमा कप्तान बनेका केन विलियम्सनले २० रन बनाए । राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३–३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेटको क्षतिमा २२० रन बनाएयो । उसका लागि विस्फोटक इनिङ खेलेका जोश बट्लरले शतकीय योगदान दिए । उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे गर्दै १६४ रन बनाए । आईपिइएलमा बट्लरको यो पहिलो शतक हो।

यस्तै कप्तान सन्जु सामसनले ४८ रनको योगदान दिए । यजस्वी जैशवाल १६ र रियान परागले १५ रन बनाए। हैदरावादका सन्दीप शर्मा, राशिद खान र विजय शंकरले १–१ विकेट लिए ।

जितसँगै ७ खेलमा ६ अंक जोडेको राजस्थान पाँचौ स्थानमा उक्लिएको छ भने छैठौं हार बेहोरोको हैदरावाद २ अंकसहित पुछारमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.