टियूमा हुने एकदिवसीय र टि–२० सिरिज कान्तिपुरले लाइभ गर्ने

Read Time:2 Minute

आगामी साता कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने एकदिवसीय र टि–२० सिरिज कान्तिपुर टेलिभिजन लाइभ गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजको प्रतयक्ष प्रशासनका लागि कान्तिपुर टिभीसँग सम्झौता गरेको छ।

नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय तथा मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ ।

नेपालले पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिज चैत ११ र १२ गते टियू मैदानमा हुने छ । यस्तै, पपुवा न्युगिनी र मलेसियासम्मिलित त्रिकोणात्मक सिरिज चैत १४ देखि २१ सम्म हुने छ।

दुवै सिरिजका लागि मंगलबारमात्र क्यनले दुई फरक टिम घोषणा गरेको । क्यानले घोषणा गरेको टिममा दुवै सिरिजमा ७ खेलाडी परेका छन् । जसमा कप्तान सन्दीप लामिछानेसँगै आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी छन्।

अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुल्शन झा र भीम सार्की एकदिवसीय टिममा मात्र सामवेश छन्। यस्तै आसिफ शेख, करण केसी, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र अदील अन्सारी टी–२० टिममा मात्र छन्।

एकदिवसीय टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम शोव, सुसन भारी, रोहित पौडेल,भीम सार्की, पवन सर्राफ, देव खनाल, गुल्शन झा।

टि–२० टिम : सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, सागर ढकाल, अबिनास बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल, आदिल अन्सारी।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इटाली र अर्जेन्टिनाले वेम्बलीमा खेल्ने
Next post नेपाल सुपर लिगलाई एन्फाले दियो अनुमति
Close