दक्षिण अफ्रिकाका क्रिकेटरसहित ७ जनामा देखियो कोरानो

दक्षिण अफ्रिका क्रिकेटरसहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । क्रिकेट गतिविधि सुरु गर्ने तयारी स्वरुप गरिएको पहिलो चरणको परीक्षणमा खेलाडीसहित ७ जनामा कोरोना संक्रमण पुष्टी भएएको हो ।

क्रिकेट दक्षिण अफ्रिकाले आफ्नो मातहतमा रहेका कर्मचारी र खेलाडीहरु गरी ७ जनामा कोरोना देखिएको जनाएको छ । खेलाडी र स्टाफ गरी १ सय जनामा गरिएको कोरोना परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना देखिनेमा केही कन्ट्रयाक्टमा रहेका खेलाडी समेत भएको बताइएको छ । तर, उनीहरुको नाम भने गोप्य राखिएको थए । कोरोना देखिएको सबैलाई सेल्फ आइसोलेसनमा राखिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ ।

खेलाडीसहित ७ जनामा कोरोना देखिएपछि नयाँ फम्र्याटको सोलिडारिटी कप स्थागित गरिएको छ। कोरोना पीडितको सहयोगार्थ प्रतियोगिता जुन २७ बाट सुरु गर्ने भनिएको थियो । यो प्रतियोगितामा १ खेलमा ३ टिम खेल्ने छन्, जसमा ३ इनिङ हुने छ । प्रत्येक इनिङ ४ ओभरको हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *