माई सेकेन्ड टिचरले दियो चार क्रिकेटरलाई नगद पुरस्कार

माई सेकेण्ड टिचरले नेपाली राष्ट्रिय क्रिकेट टिम चार खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिचरले गत वैशाखमा भएको त्रिदेशीय टि–२० सिरिजमार्फत राष्ट्रिय टिम डेब्यू गरेका चार खेलाडीलाई नगद एक लाख रुपैयाँ पुरस्कार दिएको हो।

यस्तै, उसले त्रिदेशीय टि–२० सिरिज विजेता नेपाली टिमलाई पनि पाँच लाख रुपैयाँ प्रदान गरेको छ । सो सिरिजमार्फत कुशल भुर्तेल, आसिफ सेख, साहब आलम र कमलसिंह ऐरीले राष्ट्रिय टिममा डेब्यू गरेका थिए । माई सेकेन्ट टिचरले नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल अघि नै सो पुरस्कार घोषणा गरेको थियो।

पुरस्कार ग्रहण कार्यक्रममा टिम कप्तान ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरुमा पनि नेपालको प्रर्दशन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए । यसरी सम्मान गर्दा खेलाडीलाई थप प्रेरणा मिल्छ । रिजल्टसंगै यस्तो मोटिभेसनमा युवा खेलाडीहरुलाई झन् प्रेरित गर्छ ।

यस्तै इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले त्रिकोणात्मक सिरिजमा नेपालको उत्कृष्ट प्रर्दशन देख्दा निकै नै गर्व महसुस भएको बताए ।

Facebook Comments Box