महिला क्रिकेटर कविता गौतमलाई क्रिकेट समर्थक समाजको सहयोग

महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज ९एनसीएसएस०ले ८० हजार रुपैयाँ सहयोग गरेको छ । समाजले ‘कविताको दुखाइ समर्थकको मल्हम’ अभियानबाट संकलित उक्त रकम कवितालाई आइतबार भेटेर हस्तान्तरण गरेको हो।

कविताले सरोकार निकायले गर्नुपर्ने सहयोग आम समर्थकबाट भएको भन्दै देश तथा वदिेशबाट साथ सहयोग गर्नुहुने सम्पूर्णलाई समर्थललाई धन्यवाद दिँदै छिटोभन्दा छिटो मैदान फर्कने कोसिस रहेको बताइन्।

कविता हाल ग्वार्कोस्थित अर्थोप्लास्टिक रिह्याब सेन्टरमा दैनिक फिजियोथेरापी गरिरहेकी छिन्।

सहयोग रकम बुझ्दै क्रिकेटर कविताले सरोकार निकायले गर्नु पर्ने सहयोग आमसमर्थकबाट भएको भन्दै देश तथा विदेशबाट साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। साथै उनले आफू चाँडै नै क्रिकेटको मैदानमा फर्किने पनि बताइन् ।

Facebook Comments Box