आइपिएलको शीर्ष स्थानमा फर्कियो चेन्नई

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा फर्किको छ। बुधबार राति मुम्बईस्थित बन्खाडे रंगशालामा भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले हराउँदै चन्नई दुई सिजनपछि आइपिएलको शीर्ष स्थानमा फर्किको थियो। गत सिजन चेन्नई आईपिएलको पुछारमा रहेको थियो।

ओपनरद्वय फाफ डु प्लेसिस र रुतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गरेपछि चेन्नाईले १७२ रनको लक्ष्य २ विकेटको गुमाउँदै १८.३ ओभरमा भेट्टायो। चेन्नईलाई सहज जित दिलाउने क्रममा डु प्लेसिस र गायकवाडले शतकीय साझेदारी गरे।

गायकवाडले ४४ बलमा १२ चौका प्रहार गर्दै सर्वाधिक ७५ रन बनाए भने डु प्लेसिसले ३८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५६ रन बनाए । यस्तै, सुरेश रैनाले १७ र मोइन अलीले १५ रन बनाए। हैदरावादका रसिद खानले ३ विकेट लिए।

यसअघि कप्तान डेविड वार्नर र मनिस पाण्डेले अर्धशतक बनाए पछि हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । उसकसा लागि मनिस पाण्डेले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६१ रन बनाए भने वार्नरले ५५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५७ रन बनाए ।

यस्तै, केन विलियम्सनले १० बलमा २६ रन बनाउँदा केदार जाधवले ४ बलमा १२ रन बनाए । चेन्नईका लुंगी एनगिडीले २ तथा साम कुरानले १ विकेट लिए ।

जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । रोयल च्यालेन्जर्स बैंग्लोरको पनि १० अंक नै भएपनि चेन्नई रनरेटमा माथि छ। हैदरावाद भने २ अंकसहित तालिकाको पुछारमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.