आईपिएलमा चेन्नईको पहिलो जित

Read Time:2 Minute

डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित हात पारेको छ। लगातार ३ हारपछि जित निकालने क्रममा मंगलबार उसले बैंग्लोरलाई २३ रनले हरायो ।,

पहिला ब्याटिङ गर्दै चेन्नईले दिएको २१७ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९३ रनमै समेटियो । बैंग्लोरका स्पिन अलराउन्डर शहबाज अहमदले २७ बलमा सर्वाधिक ४१ रन बनाए। डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईंले १८ बलमा ३४ रन बनाउँदा दिनेश कार्तिकले १४ बलमा ३४ रनै बनाए।

चेन्नईका स्पिनर महेश थिक्सनाले ४ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिए। मुकेश चौधरी र ड्वेन ब्राभोले समान १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो।

चेन्नईका लागि शिवम दुबे ४६ बलमा अविजित ९५ रन बनाए। दुबेको यो आईपीएलको उच्च प्रदर्शन हो। यस्तै, रोबिन उथप्पाले ५० बलमा ८८ रन बनाए। उथप्पाको पनि यो आईपिएलमा उत्कृष्ट प्रदर्शन हो। बैंग्लोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए।

चेन्नईले यसअघि चारै खेलमा पराजित भएको थियो । चेन्नईले अब आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ। बैंग्लोरको यो पाँचौं खेलमा दोस्रो हार हो। बैंग्लोरले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भिल्लारियलसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो बायर्न
Next post विश्वकपअघि अस्ट्रेलियाले म्याकडोनाल्डलाई बनायो मुख्य प्रशिक्षक
Close